ल्वाङगाउँमा मेला सम्पन्न, युके लण्डनलाई भलिबलको उपाधि, महिलातर्फ धम्पुस च्याम्पियन

पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ ।
गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो ।
उपाधिसँगै लण्डनले नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । भने, सान्त्वना बनेको टि गार्डेनले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
उक्त खेलबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा युके लण्डनका कमल सुनार पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार उत्कृष्ट सर्भरका रुपमा सोही टिमकै संजोग परियार, उत्कृष्ट सेटरका रुपमा युके लण्डनकै देवेन्द्र परियार, उत्कृष्ट लिब्रोका रुपमा सोही टिमकै राजन दर्लामी मगर पुरस्कृत भए । भने, उत्कृष्ट स्पाइकरका रुपमा घाचोकका मिलन विक र उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै देवेन्द्र कुँवर पुरस्कृत भए । पुरुष भलिबलतर्फ कुल २४ टिमको सहभागिता रहेको थियो ।
खेल संयोजक अनोद गुरुङका अनुसार महिलातर्फ हिमशिखर क्लब धम्पुसले बौद्ध सिर्जना क्लब घलेललाई ३–० को सोझो सेटले हराउँदै धम्पुस च्याम्पियन बन्यो । च्याम्पियन बनेको धम्पुसले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको घलेलले, नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र हात पार्यो ।
विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य अर्जुन परियार, माछापुच्छ्रे गाउँपालिका खेलकुद संघका सदस्य सचिव हुमबहादुर गुरुङ, क्लबका अध्यक्ष सुजन गुरुङ, स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा हिजो (बिहीबार) बेलुकी लोक तथा दोहोरी गायीका मन्जु विक, कृष्ण सुवेदी लगायतले प्रस्तुती दिएका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया