म्याग्दीमा डढेलोले एक सय हेक्टर वन नष्ट

म्याग्दी ।
यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए । उनका अनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ ।
“विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ”, अधिकारीले भने, “शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।” घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उनको भनाइ छ ।
गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरुले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गरे । उनका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।
अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन् ।
वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यकपर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया