नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर विमोचन

पोखरा ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिले २०८२ सालको क्यालेन्डर विमोचन गरेको छ ।
“आपसी प्रेम र सदभाव “भन्ने मान्यता लाई मनन गर्दै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेन्डर बिमोचन गरीएको हो ।
गण्डकी मेडिकल कलेज का प्राचार्य डा रवीन्द्र पसाद श्रेष्ठले कार्यक्रमले भावनात्मक एकता कायम गरि कलेजको बिकासमा सहयोग पुग्ने बताए ।
डा रबीन्द्रप्रसाद श्रेष्ठ र अध्यक्ष दीपक कार्कीले भित्रेपात्रो सार्वजनिक गर्दै सम्पुर्ण कर्मचारी एवम् व्यवस्थापन बिच भावनात्मक एकता हुनुपर्ने कुरामा जोड दिए । उनले कर्मचारीहरुको दुःख सुखमा साथ दिने बताए।
क्यालेन्डर प्रकाशन समितिका संयोजक हरिबहादुर बस्नेतले सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका थिए । ईकाइ अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य व.उपाघ्यक्ष एवम् बालरोग विशेषज्ञ डा.शकंर पौडेलले गरेका थिए ।
कार्यक्रम सञ्चालन सचिव राजन पोखरेले गरेका थिए । कार्यक्रममा कलेजमा कार्यरत चिकित्सक, शिक्षक स्वास्थ्यकर्मी, विद्यार्थी, कर्मचारीको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया