सफाई अभियन्ता मानध्वज सम्मानित
समाधान संवाददाता
२०८१ चैत ३० गते १७:५८

पोखरा । पोखरा १९ घार्मी मैदानमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले सफाई अभियान्ता मानध्वज गुरुङलाई सम्मान गरेको छ । समूहले छैठौं वार्षिक साधारण सभाको अवसरमा गुरुङलाई सम्मान गरेको हो ।
पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, कल्पना सुनार र संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले गुरुङलाई सम्मान गरेका हुन् । वडा सदस्य आचार्यले ७८ वर्षीय मानध्वजले लगातार चार महिनासम्म निरन्तर आफू एक्लैले बाटो सफा गरी निस्वार्थ कर्मको नमुना पेश गरेको बताए ।
सफाइ अभियन्ता गुरुङले आफू एक दिन घुम्दै आउने क्रममा बाटो झाडीले ढाकेको देखेपछि सफा गर्न सुरु गरेको जनाए । गत वर्ष चार महिनासम्म नियमित खटेर अमलाविसौनी घार्मीअम्बरेश्वर सडक अन्तर्गत घार्मीको उकालो मनध्वज एक्लैले सफा गरेका थिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया