अपांगता सशक्तीकरण केन्द्रको वार्षिकोत्सव

स्याङ्जा । पुतलीबजार नगरपालिका वडा नं. १, स्याङ्जामा कार्यालय रहेको “स्वयं अपांगता भएका व्यक्तिहरू तथा अभिभावकहरूको सक्रियतामा स्थापना भई क्रियाशील अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल” को प्रथम वार्षिकोत्सव अवसरमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम संस्थाको आयोजनामा, दुर्गादेवी सामुदायिक सिकाइ केन्द्र स्याङ्जाको समन्वयमा तथा पुतलीबजार नगरपालिका र सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा नववर्ष २०८२ को शुभकामना आदानप्रदान, अपांगता सम्बन्धी सन्देशमूलक सामग्री समेटिएको वर्ष २०८२ को क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान गरिएको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले छोटो समयमा नै संस्थाले आफ्ना उद्देश्य तथा लक्ष्यअनुसार अपांगता भएका व्यक्तिहरूमात्र नभई समुदायमा आधारित समावेशी विकासको अवधारणाअनुसार जेष्ठ नागरिक, महिला लगायत अन्य क्षेत्रहरूमा समेत कार्य गर्दै आएकोले संस्थाको प्रयास वहुआयामिक भएको बताए । पालिकाले यस्ता संस्थासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
सो अवसरमा नगर उप–प्रमुख देवी अर्याल, नगरपालिका प्रवक्ता तथा वडा नं. ११ का अध्यक्ष मनोज पौडेल, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य विनोदकुमार श्रेष्ठ, वरिष्ठ समाजसेवी खेमनारायण शर्मा, स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, दुर्गादेवी सामुदायिक सिकाइ केन्द्रका उपाध्यक्ष लेखनाथ शर्मा, स्याङ्जा दृष्टिविहीन संघकी अध्यक्ष मुना अर्याल, स्याङ्जा बहिरा संघका अध्यक्ष संजीव श्रेष्ठलगायतले संस्थाले सरोकारवालासँग सहकार्य गर्दै प्रभावकारी कार्य गरिरहेकोप्रति खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाले सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा सञ्चालित जेष्ठ नागरिक दिवा सेवा केन्द्रका ३० जना जेष्ठ नागरिकलाई सम्मान तथा व्यक्तिगत सरसफाइ सामग्री—जस्तै मञ्जन, ब्रस, नेलकटर, मास्क, तेल, भेसलिन, साबुन आदि—प्रदान गरेको थियो।
संस्थाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव नारायणप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो। अध्यक्ष पराजुलीले संस्थाले १ वर्षको अवधिमा गरेका प्रमुख गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए ।
विगत दुई वर्षदेखि क्रियाशील अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल, वि.सं. २०८१ चैत ३० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जामा औपचारिक रूपमा दर्ता भएको सामाजिक संस्था हो।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया