बागलुङको ताराखोलामा आफ्नै शरिरमा आगो लगाएका वृद्धको मृत्यु

बागलुङ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका एक वृद्धको मृत्यु भएको । पेट्रोल खन्याएर शरीरमा आगो लगाएका बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङको आइतबार राति मृत्यु भएको हो ।
शरीरको कम्मरभन्दा माथिको भाग जलेको र बोल्न नसक्ने सिरियस अवस्थामा धवलागिरी अस्पताल ल्याएका गुरुङको धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले बताए ।
डिएसपी यादवका अनुसार गुरुङले आइतबार दिउँसो ५ बजे घरदेखि ५० मिटर टाढा रहेको चौरमा आफ्नो शरीरमा आफैँ पेट्रोल खनाई आगो लगाएका थिए । आगोले जलिरहेको अवस्थामा गुरुङकी श्रीमती र छोराले देखेपछि तत्कालै आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा पुर्याएका थिए । उपचारको क्रममा आइतबार राति १० बजे चिकित्सकले मृत्त घोषणा गरेका थिए ।
डिएसपी यादवका अनुसार गुरुङको शव पोष्टमार्टम धवलागिरी प्रादेशिक अस्पताल बागलुङमा भएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया