केपी ओली कप : अत्तरिया र मालपोखरी विजयी

पाेखरा ।
पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औं दिन समूह ‘डी’ तर्फ मंगलबार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १४० रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो ।
ओपनर अभिशेषक पललाई शुन्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुुगेका टेक रावतले उत्कृष्ट प्रदर्शनी गर्दै ६१ रनको अविजित पारी खेले ।
उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । हिकमत महर १३ रनमा अविजित रहे । उनले ८ बलमा ३ चौका प्रहार गरे । निश्चल क्षेत्री ५, अर्जुन विक १६, खगेन्द्र जोशी ८ र वसन्त खत्री १ रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले २/२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनको सुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई शुन्यमा गुमाएको होरिजोनका लागि चौथो विकेटका लागि आएका कमल विष्टले इनिङ उकास्ने काम गरे । विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ४६बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७ रनमा आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । निर्मल गुरुङले १३ रन जोडे । ओपनर निश्चल ज्ञवाली र अमर मिश्र शुन्यमै पेभिलियन फर्किए । सुमन पाण्डे १, तुलबहादुर थापा ४, आरिफ खान ५, महेश भार १ र सुवम खनाल ३ रनमा आउट भए ।
अत्तरियाका लागि बसन्त खत्रीले १.१ ओभरमा ४ रन दिदैँ ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशिल साउदले २ तथा हिकमत महर र अर्जुन विकले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए ।
मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १२९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर आतिश दासलाई ९ रनमा गुमाएको मालपोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए ।
उनले ४६बलमा ८ चौका र २ छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए । सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मन्डल शुन्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान ४ रनमा नटआउट रहे । सुन्दर हरैचाका लागि समिर कार्कीले २ तथा सन्दिप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनाउँदै अलआउट हुन पुुग्यो । समिर कार्कीले ३१ रन बनाए उनले १९ बलमा २ चौका ३ छक्का प्रहार गरे । मिर्नल गुरुङ १९, मनिष थापा १०, रुपक बराल १७, गौरव कटवाल १४ सन्दिप ढुंगाना १४ रनमा आउट भए । ओपनर रितेश राय १, रोहन शाह ५, ओमकार यादव १, समिर तिम्सिना २ रनमा आउट भए ।
मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले २–२ तथा सनिदप खड्का, पंकज यादव र सोहन कुमार यादवले समान १–१ विकेट लिए । मालपोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए । २ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
२ खेलमा १ जित १ हार सहित २ अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगिताअन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होरिजोनले सुन्द हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुग्ने छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया