शिक्षकका माग सम्बाेधन गर्न कास्की कांग्रेसकाे आग्रह

पाेखरा ।
शिक्षक महासंघको अगुवाइमा १४ दिनदेखि जारी शिक्षक आन्दोलनप्रति नेपाली कांग्रेस, कास्कीले पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ। बुधबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरुले उठाएका मागलाई कास्की कांग्रेसले समर्थन जनाएको हो।
प्रधानमन्त्रीको अभिव्यक्तिमा शिक्षकप्रति देखिएको “अपमानजनक भाषा राष्ट्रको गरिमा र सभ्य समाजको परिकल्पनासँग मेल नखाने” भन्दै गम्भीर आपत्ति जनाइएको छ। कांग्रेसले शिक्षकमाथिको अनादरलाई सम्पूर्ण राष्ट्रकै अपमान भएको ठहर गरेको छ।
“शिक्षा र शिक्षकप्रति संवेदनशील दृष्टिकोण राख्न नसक्ने सरकारबाट समावेशी, सभ्य र समृद्ध नेपाल निर्माणको सपना केवल कल्पनामा मात्र सीमित हुने“ उल्लेख गर्दै विज्ञप्तिमा सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आह्वान गरिएको छ।
शिक्षकहरुको कमजोरी भएको खण्डमा संवाद र कानुनी प्रक्रिया मार्फत समाधान खोज्न सकिने भए तापनि आन्दोलनप्रति देखाइएको हेपाहा दृष्टिकोणले समस्या झन जटिल बनाउने चेतावनी दिइएको छ।
नेपाली कांग्रेस, कास्कीले सरकारसँग शिक्षकका जायज मागहरु शीघ्र सम्बोधन गर्न, सहमतिको आधारमा समाधान खोज्न, र शिक्षा क्षेत्रप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया