रमा-रवि नागरिकता प्रकरण
अवहेलना मुद्दामा कारण देखाऊ आदेश

पोखरा । नेपाली नागरिकताका लागि १ दसकदेखि भौतारिइरहेका दिदीभाइले दायर गरेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । पोखरा ३२ का दिदीभाइ रमा र रविले अदालतको आदेश अवज्ञा गरी नागरिकता विहीन बनाइएको भन्दै मंगलबार उच्च अदालत पोखरामा अवहेलना मुद्दा दायर गरेका थिए । उनीहरुले सँगै परमादेशको आदेश माग गर्दै रिट समेत दर्ता गराएका थिए ।
अवहेलना मुद्दामा न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको इजलाश र अर्को रिटमा सुदर्शनराज पाण्डेको इजलाशले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
रवि थापाको जन्म दर्ता गर्न इन्कार गर्ने स्थानीय पञ्जिकाधिकारी, दुवैजनाको नागरिकताको सिफारिस दिन इन्कार गर्ने पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, कर्तव्य पालना नगर्ने इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख श्रीनाथ पौडेल र कर्तव्यबाट पन्छिने प्रमुख जिल्ला अधिकारीलाई अदालतको अवहेलनाका हदैसम्मको कारवाहीका माग निवेदकले गरेका थिए । दुवै रिटको प्रारम्भिक सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ट अधिवक्ता रोहितराज बास्तोलाले बहस गरेका थिए ।
रमा र रविकी आमा रुक्मिणी थापा कास्कीको साविक भरतपोखरी २ मा जन्मिएकी हुन् । स्थानीय रामबहादुर थापाकी छोरी रुक्मिणीले २०४६ साल वैशाख १६ गते नेपाली नागरिकता पाएकी छन् । दाजुभाइ नभएको परिवारमा रुक्मिणीसहित ४ दिदीबहिनी छन् । उनको नाममा बाबुआमाबाट आएको पुख्र्यौली सम्पतिसमेत हालको पोखरा ३२ मा छ ।
दमौलीमा बसेका बेला रुक्मिणीले त्यहीँको स्कुलमा पढाउने शैवल रायसँग बिहे गरेपछि रमा र रवि जन्मेका हुन् । ‘जीविकोपार्जनका लागि बाबु र आमा दमौलीमा बस्नुभएको रहेछ । दमौलीकै शान्तिवर्ष स्कुलमा अध्ययन गर्ने क्रममा हामी नाबालक हुँदाकै अवस्थामा बाबु हामीबाट थप पहिचानबिना २०६० देखि सम्पर्कविहीन हुनुभएको थियो,’ रमा र रविले भनेका छन् ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया