बुलेटको क्लासिक ३५० का ५ नयाँ भेरियन्ट सार्वजनिक

पोखरा । रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ भेरियन्ट पोखरामा सार्वजनिक गरिएको छ । बुलेट ट्रेडर्स नयाँबजारमा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापाले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ भेरियन्ट सार्वजनिक गरेका हुन् ।
योसँगै बिहिबारदेखि पोखराबाट रोयल इन्फिल्ड क्लासिक ३५० बाइकहरुको बुकिङ, टेस्ट राइड र बिक्री सुरु भएको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० का नयाँ मोडलका बाईकहरु पोखरा भित्राइएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलइडी हेडल्याम्प, एलइडी पाइलट ल्याम्प पनि उपलब्ध गराउनेछ ।
त्यसमा टाइप सी युएसबी चार्जर हुने र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोबाइल क्षेत्रमा नयाँ ईंट्टा थपिएको बताए ।
उनले रोयल इन्फिल्डको आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने र उपभोक्ताको मन जित्नेमा आशावादी रहेको सुनाए । रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् ।
हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमान्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाइएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल इन्फिल्डका गेयर एन्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए ।
नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडरमाझ नवीन तरिकाले यसको विरासतअघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ । नयाँ मोटरसाइकलहरुको मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया