‘संविधान फाल्छु’ भन्नेहरूमाथि कडा कारबाही हुन्छः गृहमन्त्री

पाेखरा । गृहमन्त्री रमेश लेखकले मुलुकको संविधानलाई अस्थिर बनाउन खोजिने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्रीले संविधानमाथि खतरा पैदा गराउने कुनै पनि गतिविधिप्रति सरकारले कडा कदम चल्ने बताए । उनले पूर्वराजावादी वा अन्य नाममा हुने संविधान विरोधी क्रियाकलापलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिए।
‘संविधानका लागि देशले ठूलो मूल्य चुकाएको छ’, मन्त्री लेखकले भने, ‘यसको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।’
सात दशकमा सातवटा संविधान बनेको स्मरण गर्दै उनले बारम्बार संविधान परिवर्तन गर्नु राम्रो संकेत नभएको उल्लेख गरे।
गृहमन्त्रीका अनुसार वर्तमान संविधान विश्वकै उत्कृष्ट लोकतान्त्रिक दस्तावेजमध्ये एक हो, जसको स्थायित्वमा सबैले ध्यान दिनुपर्छ।
संविधान विरोधका नाममा हत्या, हिंसा वा अराजक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो।
वर्तमान संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा आवश्यक परे समसामयिक परिप्रेक्ष्यअनुसार सबै सरोकारवालासँगको सहमति जुटाएर संशोधन गर्न सकिने उनले स्पष्ट पारे।
सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्लाबाट सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ।
कार्यक्रमकै अवसरमा गृहमन्त्री लेखकले संघ मातहतको आपत्कालीन गोदाम गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।
उनका अनुसार उक्त गोदामले विपद्को बेलामा तत्काल राहत तथा बन्दोबस्ती सहायता सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया