विपद् व्यवस्थापनका लागि पोखरामा निर्माण भएको आपतकालीन गोदाम प्रदेश सरकारलाई हस्तान्तरण

पाेखरा ।
विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि पोखरामा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गृह गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार आयोजित एक समारोहमा गृहमन्त्री रमेश लेखकले सो गोदामगृह गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरे।
जलवायु परिवर्तनका कारण बढिरहेका विपद् तथा त्यसबाट मानव जीवन र सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले आपतकालीन गोदाम निर्माण गरिएको हो। संकटको बेला तत्काल राहत सामग्री आपूर्ति सुनिश्चित गर्ने गरी निर्माण गरिएको यो गोदाम प्रभावकारी हुने गृहमन्त्री लेखकले बताए ।
त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्राकृतिक विपत्तिका दृष्टिले जोखिमपूर्ण रहेको उल्लेख गर्दै सरकार यस्तो जोखिम न्यूनीकरण गर्न लगातार क्रियाशील रहेको बताए ।
बाढी, पहिरो र भूकम्पजस्ता संभावित विपत्तिहरूको प्रतिकार्यमा सरकार गम्भीर रूपमा लागेको मुख्यमन्त्री पाण्डेले बताए। यसै सन्दर्भमा प्रदेश सरकारले १० करोड रुपैयाँभन्दा कम नहुने गरी विपद् व्यवस्थापन कोष छुट्याउँदै आवश्यक उपकरण तथा सहायता सामग्रीमा लगानी गरिरहेको उनले जानकारी दिए ।







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया