कास्कीको सल्यानमा सहिद कृणबहादुर गुरुङको शालिक अनावरण

पोखरा । अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा द्वन्द्वकालमा सहिद भएका कृणबहादुर गुरुङको स्मृतिमा सालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा अन्नपूर्ण–४ का वडा अध्यक्ष आइन्दल गुरुङ, गाउँपालिका अध्यक्ष विण्णुबहादुर केसी, छिमेकी पालिकाका अध्यक्षहरू र कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्माको उपस्थिति थियो। शर्माले कृणबहादुर गुरुङको जीवनी प्रस्तुत गर्दै स्थानीय धार्मिक स्थल भुमेथान र निर्माणाधीन हनुमान धामको ऐतिहासिक र धार्मिक महत्वबारे प्रकाश पारे।
सहिदका छोरा विजय गुरुङले भावुक मन्तव्य राख्दै युवाको भूमिका सुनिश्चित गर्न आग्रह गरे। प्रमुख अतिथि गगन थापाले द्वन्द्वकालीन पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्दै युवाको नेतृत्वमा देश विकास गर्ने योजनाको चर्चा गरे। साथै, धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित हुने बताएका थिए।
कार्यक्रमको समापन अन्नपूर्ण–४ कांग्रेस सभापति मानबहादुर केसीले गरेका थिए । हजारौं स्थानीयको सहभागिताले स्मृति सालिक अनावरण समारोहलाई ऐतिहासिक बनायो। कार्यक्रमको जानकारी इन्जिनियर महेन्द्र पौडेलद्वारा प्रदान गरिएको हो।










ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया