राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ, रिहाइको माग

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका छन् ।
गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।
सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई भेटेपछि लिङ्देनसहितले सिंहदरबारभित्रै पर्चासहित प्रदर्शन गरेका थिए । प्रहरीले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि पक्राउ गरेको छ । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा थुनिएका शाहीहसितलाई भेटेपछि त्यहीँबाट लिङ्देनले विरोध थालेका थिए ।
दलको कार्यालयबाट केही सांसदहरूसहित हिँडेका लिङ्देन नेतृत्वको टोलीले सिंहदरबार भित्रै पर्चा देखाउँदै प्रदर्शन गरे । उनीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ जान नदिई प्रहरीले नियन्त्रमा लिएर लगेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया