प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

पोखरा । लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी परीक्षामा सामेल भएको आरोपमा १ युवती पक्राउ परेकी छन्।
२०८२ साल वैशाख ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उक्त परीक्षामा ज्ञानुता विश्वकर्मा नामकी युवती संलग्न भएको पत्ता लागेको हो।
जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका–५ की वर्ष १९ की ज्ञानुता विश्वकर्मालाई पक्राउ गरी शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीमाथि अरुको नाममा परीक्षा दिएको, परीक्षा प्रणालीमा अनाधिकृत प्रवेश गरेको र शैक्षिक प्रक्रियाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया