स्पोर्टस् अवार्डलाई सिटिजनको साथ

समाधान संवाददाता २०८२ वैशाख ८ गते १०:१८

पोखरा ।
नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम साता हुने अवार्डको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्युरोडस्थित सिटिजन फर्निचरले गर्ने भएको हो ।

Advertisement


आइतबार सिटिजन का सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातीत अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान बिक्री गर्दै आएको छ ।


यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग छ । उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयरले गर्ने सम्झौता भइसकेको छ । जिल्ला एथ्लेटिक्स संघ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ ।


अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया