लायन्स क्लब पोखरा ब्लु स्काईमा दीपकराज

पोखरा ।
लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपकराज गिरी निर्वाचित भएका छन् । लायन बर्ष २०२५र२६ को लागी अध्यक्ष पदमा शनिबार भएको निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरी सफलन्यूज डटकमका सम्पादक हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा लोक कुमारी क्षेत्री, सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा रञ्जु गुरुङ निर्वाचित भएका छन् । क्लबका अन्य पदाधिकारी, सदस्य र विभाग प्रमुख वैशाख १९ गते टुंगाे लगाइने क्लबले जनाएको छ।
रिजन चियर पर्सन तथा क्लबका सस्थापक अध्यक्ष युवराज पौडेलले क्लबलाई दिगो राखी सामाजिक काममा अगाडि बढ्न नयाँ टिम अब्बल रहेको बताए । विगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन पौडेलले आग्रह समेत गरे । क्लबका पूर्व अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामहरुलाई प्राथमिकता राखेर काम गर्न जोड दिए । क्लबका पूर्व अध्यक्ष कमल सुवेदीले क्लबलाई सामाजिक काममा अगाडि बढाउन आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वर्ष २०२४/२५ की अध्यक्ष बिन्दु शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक अधिकारी, रन्जु गुरुङ, निर्मल पौडेल, रामहरी तिवारीले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै क्लब सामाजिक सेवामा अगाडि बढ्नुपर्ने बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया