जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा ।
नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ ।
ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन संकाय अध्ययापन गराउने शैक्षिक संस्थाहरुबिच अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
पोखराका विभिन्न ८ ओटा क्याम्पसबिच भएको प्रतिस्पर्धामा जनप्रिय बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय चौँथो वर्षमा अध्ययनरत विद्यार्थीद्वय राजन पौडेल र कुलबहादुर पौडेल केसीले प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएको प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीहरूको मिहिनेत र समर्पणको उच्च प्रशंसा गर्दै उनीहरूलाई बधाई तथा उज्वल भविष्यको शुभकामना दिएका छन् । बरालले क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा निरन्तरता र उत्कृष्टता कायम राख्न यस्ता प्रतियोगिताहरूले थप प्रेरणा दिने बताए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको जनप्रिय बहुमुखी क्याम्पसलाई नेपाल राष्ट्र बैंकका निर्देशक दिपकराज लामिछानेले प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको पहलमा आयोजित यस किसिमको कार्यक्रमले विद्यार्थीको वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुगेको बताइएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया