नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मान

पोखरा ।
पोखरा–८ नागढुंगास्थित नागमन्दिर संरक्षण समितिले मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान गरेको छ । समितिले आयोजना गरेको समीक्षा बैठकमा सहयोगीहरूलाई सम्मान गरिएको हो ।
समितिका अध्यक्ष कमला श्रेष्ठले सम्मानित व्यक्तिहरूलाई खादा, माला र अबिर लगाएर सम्मान गरिन् । सो अवसरमा पोखरा–८ एयरपोर्टका रुपा बराल र देवी पोखरेलले समितिलाई ६/६ थान प्लास्टिक कुर्सी सहयोग गरेका थिए ।
समारोहमा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगीता तिमिल्सिना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुंगा आमा समूहकी अध्यक्ष कमला केसीलगायतले नागमन्दिर संरक्षण समितिको छोटो समयको सक्रियता र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको प्रशंसा गरे ।
समितिले पोखरा महानगरपालिका वडा नम्बर ८ बाट प्राप्त २ लाख र समितिको आफ्नै १ लाख १३ हजार रुपैयाँसहित ३ लाख १३ हजार रुपैयाँ खर्चेर मन्दिरमा बार लगाउने, ढुंगा बिछ्याउने, रंगरोगन गर्ने र शिला खेल निर्माण गरेको जनाएको छ । कार्यक्रम सञ्चालन समितिका सचिव सिमा लामिछानेले गरेकी थिइन् ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया