नवौं पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा ।
नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरुको मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि वैशाख २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा १२ जनाको नाम सार्वजनिक गरिएको हो । जस अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुषमा विश्वास अधिकारी (भलिबल), प्रदिप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल) रहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले जानकारी दिए ।
वर्ष उत्कृष्ट खेलाडी महिलामा अरुणा शाही (भलिबल), कृपा गुरूङ (फेन्सिङ) र सुष्मिता थापामगर (आइटिएफ तेक्वान्दो/मुआथाई) रहेकी छिन् । वर्ष उत्कृष्ट उदियमान खेलाडीमा बादल कार्की (एथलेटिक्स), जितबहादुर सार्की (भलिबल), रचना चौधरी (क्रिकेट) छिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकमा निरज थापा (टेनिस), रमेश केसी (भलिबल) र राजेन्द्र तामाङ (फुटबल) छन् । पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले ट्रफीसहित इलेक्ट्रिकल स्कुटर हात पार्ने छन् भने उदियमान खेलाडी प्रशिक्षकले ट्रफीसहित जनही नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मञ्चले सोही दिन लाइफटाइम अचिभ्मेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि सम्मान गर्ने अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । भने, खेल संस्था वा क्लब र पत्रकारलाई जनही नगद ३५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया