म्याग्दीका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त
समाधान संवाददाता
२०८२ वैशाख १७ गते १८:५८

पोखरा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते कांग्रेसकै पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।
नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मतान्तरले हराएका थिए ।
प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएका थिए ।

सम्बन्धित







कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
हजार रुपैयाँमा सुरु गरेको च्याङ्ग्रापालनबाट वार्षिक ५ लाख आम्दानी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया