सुवास जनसांस्कृतिक महासंघ सचिव
पोखरा ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा सुवास मल्ल चुनिएका छन् । भूमिका सुब्बा(लिम्बु)को अध्यक्षतामा निर्विरोध निर्वाचित ९९ सदस्यीय केन्द्रीय कमिटीमा मल्लले विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत पाएका छन् ।
स्याङ्जा स्थायी घर भई पोखरामा प्राध्यापन र सांस्कृतिक क्षेत्रमा सक्रिय मल्ल पोखरा विश्वविद्यालयका विद्यावारिधि स्कलरसमेत हुन् । महाधिवेशनमा महासंघ अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए ।
यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आबद्ध छिन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्त नेम्वाङकी पत्नीसमेत हुन् ।
महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी न्यौपानेलाई चयन गरेको छ । उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा सुवाससहित अशोक प्यासी राई र पदम रोकायसमेत छन् ।
केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट तारापति सुवेदी, जीवन दाहाल, पद्मराज ढकाल, छवि सुवेदी, सरला पाण्डे, विष्णु बराल, राजेन्द्र सापकोटा, दिवाकर भण्डारी, आशा गौतम, रोशन थापा, माया थापा, करण थापा, माया थापा र हरिप्रसाद कोइराला चुनिएका छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया