स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

समाधान संवाददाता, पाेखरा
पोखराको गणेशटोलस्थित स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ । क्यासलको आयोजनामा ८ देखि १४ वर्ष उमेर समूहका प्रशिक्षार्थीको सभािगतामा शनिबार ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो । सहभागी प्रशिक्षार्थीलाई नेपाल घुम्न आएका अमेरिकी पूर्व फुटबल खेलाडी (ए लाइसेन्स प्राप्त) जोन बेल्चले प्रशिक्षण दिए । ए लाइसेन्स प्राप्त उनले ५० बढी प्रशिक्षार्थीलाई ४ समूहमा विभाजन गरी स्किल्स र टेक्निक बढाउने उपाय सिकाए । प्रशिक्षणको समयमा बोल्दै उनले छोटो समयमा पनि धेरै टेक्नीक र स्किल्स बृद्धि गर्न सक्ने भएकाले फुटसल ‘स्किल्स क्लिनिकको महत्व रहेको बताए । उनले नेपाली फुटबल अवस्थाको बारेमा बुझ्न र नेपाल आएर आफूले जानेका केही कुरा सिकाउन पाउदा खुसी व्यक्त गरे ।
त्यस्तै क्यासलका सञ्चालक ईश्वर गुरुङले उक्त क्लिनिक सिक्नका लागि यथेस्ट नभए पनि फुटबलमा इच्छुक प्रशिक्षार्थीहरुको टेक्निकमा बृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले क्यासलमा खेलसँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरेको भन्दै आगामी दिनमा समेत रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने बताए । उक्त क्लिनिकमा जोनलाई नेपाली फुटसल टिमका हेड कोच विष्णु गुरुङ, सुदिप बिक, पारु मगर लगायतले सहजीकरण गरेका थिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया