नगर विकास कोषलाई पुनर्संरचना गरिने

समाधान संवाददाता २०८२ वैशाख १९ गते १७:२८
नीति तथा कार्यक्रम प्रस्तुत काठमाडौँ, १९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै । तस्बिरःरत्न श्रेष्ठ÷रासस

काठमाडौँ, १९ बैशाख : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा नगर विकास कोषलाई पुनर्संरचना गरिने नीति लिएको छ । आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नगर विकास कोषलाई पुनःसंरचना गरिने जानकारी दिनुभएको हो ।

Advertisement

“सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनःसंरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिनेछ,” उहाँले भन्नुभयो, “आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ ।” काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरू गरिने लक्ष्य लिइएको छ । काठमाडौँको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गरिने सहरी विकास मन्त्रालय अन्तर्गतको नीति रहेको छ । रासस

तपाईको प्रतिक्रिया