माछापुच्छ्रेमा डाँफे–मुनाल गणना
हालसम्मका गणनामा ३१४ प्रजातिका पंक्षी भेटिए

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतका वनक्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिहरुको गणना गरिएको जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) र वर्ल्ड फेजेन्ट एसोसियसनको संयुक्त आयोजनामा भएको यो सर्वेक्षण बैशाख ४ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको हो।
अनुसन्धानमा पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदाने क्षेत्रहरु समेटिएको थियो। १९ जना अनुसन्धानकर्ता र सहयोगीहरुको दुई समूहले संयुक्त रुपमा गरिएको गणनामा डाँफे १ सय ४६, मुनाल १ सय ४८, प्यूरा १ सय ७० र फोक्रास १९ वटा फेला परेका छन्। साथै, यस क्षेत्रमा हालसम्म २ सय प्रजातिका पंक्षीहरु पत्ता लागेका छन्।

यसअघि सन् १९७९ देखि भएका विभिन्न सर्भेक्षणहरुमार्फत हालसम्म ३१४ प्रजातिका चराहरु पाइएका छन् भने सम्पूर्ण अन्नपूर्ण संरक्षण क्षेत्रमा ५१८ प्रजातिका पंक्षी पाइएका छन्। यसले गर्दा यो क्षेत्र “पिपर सेञ्चुरी” वा “पिपर रिजर्भ” को रूपमा अन्तर्राष्ट्रिय स्तरमा पंक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताहरू माझ प्रसिद्ध छ।
वन्यजन्तु संरक्षणमा अवैध चोरी शिकारी प्रमुख चुनौतीका रूपमा देखिँदै आएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न बायोकस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले स्मार्ट नामक मोबाइल एप आधारित गस्ती प्रणाली सुरु गरेका छन्। साथै, ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको छ।
स्थानीय निकाय माछापुच्छ्रे गाउँपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समिति लगायत स्थानिय समुदायको सक्रिय सहभागितामा संरक्षण र अनुसन्धानलाई जोड दिइएको छ। यसले डाँफे, मुनाल लगायतका महत्वपूर्ण पंक्षी प्रजातिको संख्यामा वृद्धि गर्दै आगामी दिनमा माछापुच्छ्रेलाई प्रमुख पंक्षी पर्यटन गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
बायोकस नेपालका निर्देशक डा. पारस विक्रम सिंहले नेपाल पंक्षीविद संघद्वारा उपलब्ध गराइएका विशेषज्ञहरुको सहकार्यमा यो सर्वेक्षण सम्पन्न भएको जानकारी दिए।
बायोकोस नेपाल गैर राजनितिक, गैर सरकारी र गैर नाफा मुलक संस्था हो यसले जैबिक विविधता संरक्षण, संरक्षण शिक्षा र अनुसन्धानमा नेपालमा काम गर्दछ ।
वोर्ल्ड फेजेन्ट असोसियसन १९७५ मा वेलायतमा कालिज प्रजातीलाई विश्वभर संरक्षण गर्ने गरी स्थापना गरिएको संस्था हो । यसका बिभिन्न राष्ट्रहरुमा वर्ल्ड फेजेन्ट असोसियसनका समूहहरु बनाएको छ । जुन समूहबाट कालिज प्रजातीहरुको संरक्षणमा टेवा पग्दै आएको छ ।










कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया