भारतीय लक्जरी अफेयर्सको भ्रमण टोलीलाई पोखरामा स्वागत

पोखरा। विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।
नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र व्यवसायका क्षेत्रमा भारतमा अग्रणी स्थान बनाएका व्यक्ति सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको नेतृत्वमा पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्ले स्वागत गरेका हुन् ।
उनीहरूलाई शुक्रबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्या तथा नौमती बाजाबाट स्वागत गरिएको थियो ।
स्वागत पश्चात लेकसाइडको होटेल टेम्पल बेल बुटिकमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोलीलाई पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय चिनारीबारे जानकारी गराए ।
पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै उहाँले यहाँको पर्यटकीय सौन्दर्यता एवम् गतिविधिलाई भारतीय पर्यटकहरूले रुचाउने गरेको बताए ।
पोखरा र आसपासका गन्तव्यमा उच्च गुणस्तरका सेवा सुविधा युक्त होटेल रेष्टुरेन्ट रहेको भन्दै उनले पछिल्ला समयमा उच्च गुणस्तरीय सेवा प्रदायकहरू बृद्धि भएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानहरू पनि सञ्चालन हुन थालेको उनले जानकारी दिए ।
पोखरा महामनगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले पोखरा भ्रमण वर्ष २०२५को घोषणासँगै यहाँ पर्यटन सम्बद्ध संघसंस्थाबाट विभिन्न प्याकेज घोषणा गरिएको जानकारी दिए ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पर्यटनको गन्तव्य रहेको बताउँदै पोखरा भ्रमण वर्षलाई सफल बनाउन भारतीय पर्यटकहरूको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।
नेपाल भ्रमणमा रहेको भारतीय टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
उनले भारतबाट विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रमा अग्रणी व्यक्तिहरूको भ्रमणले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
भारतीय प्रतिनिधिमण्डलका सदस्य उपौल मजुमदारले पोखरामा गरिएको न्यानो आतिथ्यताको प्रशंसा गरे ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया