हङकङको समान अवसर आयोगमा पोखराकी अरुणा गुरुङ नियुक्त

समाधान संवाददाता २०८२ वैशाख २१ गते १३:१२

पोखरा । हङकङ सरकारको ‘समान अवसर आयोग (इओसी)’ को सदस्यको रुपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ नियुक्त भएकी छन् ।

Advertisement

उनलाई दुइदिन अघि हङकङ सरकारले आयोगको सदस्यको रुपमा नियुक्त गरेको हो । सन १९८९ देखि २०२० सम्म हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रुपमा ३२ वर्ष काम गरेर अवकास लिएकी गुरुङको पुख्यौली थलो भने पोखरा हो । उनी हङकङमै जन्मेकी, हुर्केकी र अध्ययन गरेकीले स्थानीय क्यान्टोनिज चिनिया भाषा र अंग्रेजी भाषामा पोख्त छिन् ।

हङकङको रैथाने समाज र नेपाली समाजवीचको समन्वयकर्ताको भूमिकामा उनी पहिले देखि नै सक्रिय रहदै आएकी थिइन् । हङकङ नेपाली महासंघको सल्लाहकारको रुपमा रहेकी गुरुङ यसरी समाजन अवसर आयोगको सदस्यको रुपमा नियुक्त हुने पहिलो नेपाली र अल्पसंख्यकका तर्फबाट पहिलो महिला बन्न पुगेकी छन् । उनलाई दिएको नियुक्ती पत्रमा प्रमुख कार्यकारी जोन लीले ‘समान अवसर आयोग (ईओसी)’ मा नेपाली समुदायको तर्फबाट पहिलो पटक प्रतिनिधित्व भएको जनाएका छन् ।

उनी यसअघिसम्म हङकङ सरकारको महिला आयोगकी सदस्य रहेकी थिइन् । यसअघि जातिय सद्भाव प्रवद्र्धन समितिको सदस्यको रुपमा सक्रिय भूमिका खेलेकी थिइन् । हङकङका नेपाली र गैरनेपाली समुदायद्धारा स्थापित करिव डेढ दर्जन सामाजिक संस्थामा पनि सक्रिय उनले इथ्निक एचिभमेण्ट अवार्ड र द चिफ एक्जुकेटिभ्स कमेन्डेसन अफ कम्यूनिटि सर्भिस अवार्ड पाइसकेकी छन् ।

ईओसीकी अध्यक्ष लिन्डा लामले नवनियुक्त सदस्यलाई स्वागत गर्दै विविध सामाजिक पृष्ठभूमिबाट आएका सदस्यबाट हङकङको बहुलवादी र समावेशी समाज निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गर्दै दुइ बर्षे कार्यकाल सफलताको कामना गरेका छन् । आयोगको सदस्यको रुपमा हङकङमा बस्ने अल्पसंख्यक समुदयमा पहिलो नेपाली महिला उक्त आयोगको सदस्यमा नियुक्त भएकोमा खुशी बाड्दै उनले खवरहवसंगको सम्पर्कमा भनिन्, ‘हङकङमा रहेका महिला, बालबालिका, जातीय अल्पसंख्यक, अपाङ्गताको क्षेत्रमा समान अधिकार, समान शिक्षा, समान अवसरको वकालत गर्ने यो आयोगको सदस्यको रुपमा नियुक्त भएकोमा हङकङ सरकारप्रति आभार व्यक्त गर्छु । यो नियुक्तीले मलाई थप जिम्मेवारी दिलाएको छ । मैले आफ्नो योग्यता, क्षमता र बलबुताले भ्याएसम्म आफ्नो योगदान दिने छु ।’

Advertisement

तपाईको प्रतिक्रिया