साहित्यकार आमोदीको ‘मत्स्यगन्धा महाकाव्य’

तनहुँ।
तनहुँका साहित्यकार केशवराज आमोदीले ‘मत्स्यगन्धा महाकाव्य’ नामक काव्यकृति रचना गरेका छन्। महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्किने पौराणिक कथानक समेटिएको जानकारी उनले दिएका छन्।
चार वेद र १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित विषयवस्तु समेटिएको यो विशिष्ट कृति ‘मत्स्यगन्धा महाकाव्य’ को लोकार्पण यही वैशाख २६ गते शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने भएको छ।
महाकाव्यकार आमोदीको जन्म तनहुँको बन्दीपुर गाउँपालिका–३, सुखौरामा भएको हो। हाल उनी चितवनको रत्ननगर–१३, माधवपुरमा बसोबास गर्दै साहित्यिक साधनामा सक्रिय छन्।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा उक्त महाकाव्य विमोचन कार्यक्रम तय गरिएको हो। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहने छन्।
प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्य समितिको बैठकले महाकाव्य दमौलीमै विमोचन गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव अमरराज नहर्कीले जानकारी दिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया