पोखरामा हिक भिजन प्रोडक्ट सेमिनार

समाधान संवाददाता २०८२ वैशाख २१ गते २०:१६

पोखरा । म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिले पोखरामा आईतबार हिक भिजन प्रोडक्ट सेमिनार गरेको छ ।

Advertisement

म्याक्सिमाले पोखरामा हिकभिजन कम्पनीका उत्पादन बिक्री सुरु गरेको अवसरमा सेमिनार गरेको हो । पोखरा न्युरोडस्थित हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) बाट आइतबारदेखि हिकभिजन र ईजिभिजका उत्पादन बिक्री वितरण सुरु गरिएको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए ।

यसका लागि आईतबार नै म्याक्सिमाको प्रवन्ध निर्देशक प्रमोद अधिकरी, निर्देशक कमल तामाङ र हिमालयन अध्यक्षबिच सम्झौता भएको छ । हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनी रहेको अध्यक्ष गुरुङले बताए । यसका साथै कम्पनीले डिजिटल हाजिर मेसिन, नेटवर्किङ स्वीच, स्मार्ट बोर्ड, अलाराम सिस्टम र राउटर पनि उत्पादन गर्छ ।

म्याक्सिमाले पोखरामा हिमालयनलाई अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे । टेक्निकल म्यानपावरले अपग्रेड भएर काम गरे प्रविधिमा पोखराले फड्को मार्न सक्ने उनको भनाई छ । कम्पनीका उत्पादनका बारेमा जानकारी गराउँदै ग्राहक र वितरकलाई सहजता प्रदान गर्नका लागि सेमिनार आयोजना गरिएको म्याक्सिमाका प्रवन्ध निर्देशक प्रमोद अधिकारीले जानकारी दिए ।

व्यवसाय विस्तार गर्दै ग्राहकलाई सहजता प्रदानका लागि पोखरामा बिक्री सुरु गरिएको उनले बताए । सेमिनारमा हिक भिजनका सेल्स म्यानेजर दिवश भट्टराई र म्याक्सिमाका टेक्निकल इन्जिनियर रवि नेपालीले हिक भिजन उत्पादनको फिचरका बारेमा जानकारी गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया