पर्यटन व्यवसायीसँग कास्की कांग्रेसको अन्तक्र्रिया
समाधान संवाददाता
२०८२ वैशाख २३ गते १७:२७
पोखरा ।
नेपाली कांग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन अभियान जारी राखेको छ । कास्की कांग्रेसले सोमबार पनि उद्योग तथा पर्यटन व्यवसायीसँग छलफल गरी सुझाव संकलन गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।
कास्की कांग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग, दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग र सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरेको हो ।
कार्यक्रम नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको हो ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया