गण्डकीका १० विद्यालयमा टेलिकमको निशुल्क इन्टरनेट

गण्डकी ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय पोखराले गण्डकी प्रदेशका १० वटा सामुदायिक विद्यालयलाई निशुल्क ईन्टरनेट सेवा उपलव्ध गराएको छ । विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दुरसञ्चार सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सेवा उपलव्ध गराएको हो ।
टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्मका लागि निःशुल्क उपलव्ध गराएको कम्पनिले जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्यमबाट पठनपाठनलाई सहज बनाउने उद्देश्य रहेको कम्पनिको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकासराज तिमिल्सिनाले मंगलबार राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण गरेका छन् ।
सरस्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ, मुक्तिधाम वृद्धाश्रम सुक्लागण्डकी तनहुँ, बागलुङका तीन, नवलपुरका दुई विद्यालयमा निशुल्क सेवा उपलव्ध गराइएको तिमिल्सिनाले जानकारी दिए ।
ग्राहकले स्वदेशी इन्टरनेट प्रयोग गरेर मुलुकको विकास निर्माण र समृद्धिसँग जोड्नु पर्नेमा उनको जोड थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सेल्समेन दिनेशमणी लामिछाने, विद्यालयका सल्लाहकार रवि भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल लगायतले प्राविधिक शिक्षा र इन्टरनेटको महत्व माथि प्रकाश पारेका थिए । जानकी माविमा ३५० जना विद्यार्थी छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया