रुपा–२ का वडाध्यक्ष सुवेदीले जनसेवामा गरेको खर्च विवरण

झलक सुवेदी २०८२ वैशाख २३ गते १८:१८

रुपा गाउँपालिका, वडा नम्बर २ का वडाध्यक्ष राजन सुवेदीले जनप्रतिनिधि भए आफूले प्राप्त गरेको सुविधाबाट जनसेवामा गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले २०७९ को स्थानीय निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएपछि नियमानुसार आफूले पाउने रकम पूर्ण रूपमा जनताकै लागि खर्च गर्ने घोषणा गरेका थिए । सोहीबमोजिम हरेक वर्ष उनले आफूले गरेको खर्च विवरण सार्वजनिक गर्दै आएका छन् ।

Advertisement


सुवेदीले सार्वजनिक गरेको विवरणको पूर्ण विवरण :
आदरणीय रुपाली जनसमुदायमा न्यानो माया एव उच्च सम्मान छ !
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा मैले रुपा २ को वडा अध्यक्ष पदमा निर्वाचित भयपश्चात् जनप्रतिनिधि भएपछि पाउने सेवा सुविधाको सम्पूर्ण रकम जनताको हितमा खर्च गर्ने प्रतिबद्धता गरेको थिएँ र अघिल्लो सालमा पनि जनताकै हितमा खर्च गरेको रकमको यसरी नै खर्च विवरण जानकारी गराएको पनि थिएँ ।

मलाई रूपाली जनसमुदायले जुन खालको माया गर्नुभएको छ, यसप्रति म असाध्यै खुसी छु । मलाई लागेको थिएन, यसरी तपाईँहरूको माया पाउँछु भनेर । जुन माया जसरी गरिरहनुभएको छ, यसरी नै खबरदारी पनि गरिरहन अनुरोध गर्दछु ।

जनताको सेवा गर्ने अठोट लिएर जनप्रतिनिधि भएपछि मैले मेरो विवेकले भ्याएसम्म जनताको काम गरिरहेको छु । मेरो क्षमताले भ्याएसम्म जनताको वास्तविक प्रतिनिधि बनेर, साझा वडा अध्यक्ष भएरै काम गरेको छु जस्तो लागेको छ । कहीँ कतै चुकेको छु भने मलाई सुधार्ने जिम्मेवारी पनि आम रूपाली नागरिकलाई सुम्पेको छु ।

मैले गरेको सबै काम सबैलाई मान्य नहुन पनि सक्छन् किनकि सबै कामको म विज्ञ पनि हैन । यदि यस्तो छ भने पनि मलाई सुधार्ने जिम्मेवारी तपाईँ हरूकै हातमा सुम्पेको छु । आशा छ, यसलाई यहाँहरूले सहर्ष स्वीकार गर्नुहुने छ । हो खासमा म काँचो माटो हुँ, अब मलाई कुन आकारको भाँडो बनाउने तपाईँ रूपाली जनसमुदायकै हातमा छ ।

Advertisement


अघिल्लो वर्ष जस्तै यस वर्ष पनि मैले वडा अध्यक्ष भएपछि प्राप्त सेवा सुविधाको रकम र व्यक्तिगत रूपमा पनि केही रकम थपेर निम्न क्षेत्रमा खर्चेको जानकारी गराउँदछु र भोलिका दिनमा कसरी अगाडि बढ्दा थप प्रभावकारी हुन्छ, सुझावसमेत चाहेको छु ।
यस वर्ष खर्च गरिएका क्षेत्रहरू :
१. जनताको स्वास्थ्य उपचार : रु. ३६,९००।–
२. युवाहरूको खेल र खेलकुद प्रबन्ध : रु. १८,०००।–
३. सूचना तथा सञ्चार (पोखरा टेलिभिजन) : रु. १०,०००।–
. भिरचोक आमा समूह : रु. ५,०००।–
. खडागाउँ दलित शवदह निर्माण : रु. ७,०००।–
६. देउराली आवि, रूपा ७ का ४४ जना विद्यार्थीलाई विद्यालय पोसाक
८. अरुणदोय आवि, रूपा ७ का ५० जना विद्यार्थीलाई विद्यालय पोसाक
९. रामकोट मावि, रूपा ७ का ५५ जना विद्यार्थीलाई विद्यालय पोसाक
१०. सरस्वती आवि, रूपा १ का ४० जना विद्यार्थीलाई विद्यालय पोसाक
११. कालिका मावि, रूपा १ का विद्यार्थी अध्यनन खर्च : रु. १०,०००।–
१२. हंसपुर–थुम्की पोखरा सम्पर्क समाज, समाजघर निर्माण सहयोग : रु. १५,०००।–
१३. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्की : ३,०००।–

तलबी मान्छेहरू जनप्रतिनिधि हैनन्, कर्मचारी वा सोसरह हुन्

अघिल्लो वर्ष खर्च गरिएका क्षेत्रहरु :
१. बिरामी नागरिक स्वास्थ्य उपचार खर्च : रु. १८,५००।–
२. खेल सामग्रीहरू वितरण : रु. २२,०००।–
३. विश्वशान्ति मावि, रूपा ५ मा ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
४. चण्डी आवि, रूपा १, देउपुर मा ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
५. इन्द्रयाणि आवि, रूपा ७ मा ४८ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
६. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्की : रु. ३,०००।–
७. फेदी नेवाः खलः भवन निर्माण सहयोग : रु. १६,५००।– (सामग्री खरिद)
८. देउराली पौवा टोल विकास संस्था : रु. ५,०००।– ( यो वर्ष दिएको, अघिल्लो साल बोलेको)
९. रूपा देउराली नेवाः खलः, रूपा ५ (धिमेबाजा खरिद) : रु. ८,०००।–
१०. थुम्की मेला २०८० : रु. ५,०००।–
११. युवा सङ्घ, रूपा कमिटीको कार्यक्रममा सहयोग : रु. ५,०००।–
१२. युवा प्रोत्साहन कार्यक्रम (रूपाका ५० जना युवाहरू) : रु. २०,०००।–
१३. खेलकुद महासङ्घ, गण्डकी प्रदेश : रु. १०,०००।–
१४. कास्की अवार्ड २०८१ का लागि सहयोग : रु. २,०००।–
१५. पत्रपत्रिका, पुस्तकमा, शुभकामना छपाइ : रु. १५,०००।– (निजामती कर्मचारी सङ्गठन रु. ५०००।–वातावरण सुधार एवम् संरक्षण अभियान रु. १०,०००।–)
१६. विविध : रु. १०,०००।–


निर्वाचित भएपछिको पहिलो आर्थिक वर्षमा खर्च गरिएका क्षेत्रहरू :
१. बिरामी जनताको औषधोपचार : रु. १५,०००।–
२. जन्मदिनमा वृद्धाश्रममा लत्ताकपडा र खाद्यान्न सहयोग : रु. ३०,०००।–
३. शान्तिदीप युवा क्लब : रु. ५,०००।–
. सिद्धार्थ स्मृति क्लब : रु. ५,०००।–
६. युवा प्रोत्साहन कार्यक्रम : रु. १०,०००।– (माझकोट)
. खेलकुद महासङ्घ, गण्डकी प्रदेश : रु. ५,०००।–
८. सिद्धार्थ स्मृति क्लबको भलिबल प्रतियोगितामा टिम दर्ता (रूपा–२) : रु.४,०००।–
९. कालिका मावि, रूपा– १ मा विद्यार्थी पढाइ कार्यक्रम : रु.५,०००।–
१०. रूपा गाउँपालिका स्थापना दिवसमा खेलाडीलाई यातायात खर्च : रु. ३,०००।–
११. पूर्व विद्यार्थी मञ्च, शिवालय मावि : रु. ५,०००।–
१२. सुकल्प समाजको राष्ट्रिय महाधिवेशन : रु.५,०००।–
१३. रूपा– २ अन्तर्गत साविकका वडाहरूमा खेल सामग्री वितरण
:
—साविक वडा नम्बर ९ : भलिबल १ थान
—साविक वडा नम्बर ८ : भलिबल ४ थान, जाली २ थान
—साविक वडा नम्बर ७ : भलिबल २ थान, जाली १ थान (माझकोट) र भलिबल १ थान, जाली १ थान (गैरीगाउँ)
साविक वडा नम्बर ६ : भलिबल २ थान


१४. रुपा– ४ : भलिबल २ थान (राजेश शाही)
१५. रुपा– ६, भिरचोक : २ थान भलिबल, १ थान फुटबल (प्रकाश परियार)
१६. रुपा– ६, भँगरा : २ थान भलिबल (शिवराज अधिकारी)
१७. रुपा– ६, आँपुखोला : १ थान भलिबल, १ थान फुटबल (सन्तोष खड्का)
१८. रुपा– ६, आँपुखोला : भाँडाकुँडा खरिदका लागि :रु. ७,५००।– (सन्तोष खड्का)
१९. रुपा– १ : भलिबल २ थान (वडा
अध्यक्ष)
२०. रुपा– १, देउपुरबेँसी : भलिबल १ थान, जाली १ थान
२१. रुपा– ७, : भलिबल १ थान जाली १ थान
२२. रुपा– ६, फालभञ्ज्याङ प्रहरी चौकी :रु. ३,०००।–
२३. रुपा– ५ : भलिबल १ थान, जाली १ थान (टोपबहादुर श्रेष्ठ)
२५. खेलकुद महासङ्घ, गण्डकी : रु. १०,०००।–
२६. थुम्की क्लब :रु. ५,०००।–


राज्यले नियमपूर्वक जनप्रतिनिधिको सेवा सुविधाको रकम मेरो बैङ्क खातामा हालिदिएपछि सो रकम मैले जनसेवामा खर्चने गरेको छु । राजनीतिलाई सेवामूलक बनाउनुपर्छ भन्ने मान्यताका साथ म यो अभियानमा संलग्न छु । तलबी मान्छेहरू जनप्रतिनिधि हैनन्, कर्मचारी वा सोसरह हुन् भन्ने मान्यतामा अहिले पनि म अडिग छु ।

जनप्रतिनिधिहरू उत्पादनमा जोडिँदै समाज सेवामा लाग्नुपर्छ भन्ने मान्यता बलियो ढङ्गबाट प्रस्तुत गर्ने गरेको छु (सक्नेले सहयोग गर्ने हो नसक्नेले गर्नैपर्छ भन्ने छैन ।) मैले सधैँ भन्ने गरेको छु, म त काँचो माटो हुँ, मलाई जनताले जस्तो बनाउन चाहे त्यस्तै बन्ने हो । मेरा जनपक्षीय योजना र जनताको चाहनाबमोजिम अघि बढ्न सकूँ भन्ने म चाहन्छु ।

यसै सिलसिलामा मैले धेरै रूपाली जनसमुदायसँगको सुझावमा २०८३ माघ १० गते वडा अध्यक्ष पदबाट राजिनामा गर्ने र फेरि जनसेवालाई अझै प्रभावकारी ढङ्गबाट कसरी अघि बढ्ने भन्ने विषयमा आम जनताको घर घरमा आउने छु । जनताकै सुझाव ग्रहण गरी थप राजनीतिक निर्णय गर्ने छु ।


भोलिका दिनमा के कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनेर तपाईं सम्पूर्ण रूपाली किसान, मजदुर, शिक्षक, स्वास्थ्यकर्मीहरू, पत्रकार, इन्जिनियर सबै सबैसँग सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछु । केही विद्यालयहरूमा विद्यालय पोसाक वितरणमा समस्या देखा परेको हुँदा आदरणीय अभिभावक र प्रिय विद्यार्थी भाइबहिनीमा अबको केही दिनमा घर घरमै विद्यालय पोसाक उपलब्ध गराउने जानकारी गराउँदछु ।


मलाई हौसला दिनुहुने अन्य जनप्रतिनिधि साथीहरू, कर्मचारी मित्रहरू, मत दिएर यहाँसम्म ल्याउनुहुने मतदाताहरू, ऊर्जा थपिदिने आम रूपाली जनसमुदाय, सबै पार्टीका नेता तथा शुभेच्छुकहरू र मलाई टिकट दिएर वडा अध्यक्ष बनाउने मेरो प्रिय पार्टी नेकपा (एमाले) र एमालेका नेता तथा शुभेच्छुकहरूप्रति उच्च सम्मान र हृदयको गहिराइबाट सम्झना समर्पण गर्दछु । जनताको साथमा छु र सधैँ जनताको साथमा ररिहने छु ।

झलक सुवेदी

सुवेदी राजनीतिक विश्लेषक हुन् 

तपाईको प्रतिक्रिया