पोखरा ४ का वडाध्यक्ष पराजुलीले कुटे व्यवसायी

समाधान संवाददाता २०८२ वैशाख २३ गते १८:३४

पोखरा ।
पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि हातपात गरेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।

Advertisement

यद्यपि उजुरी दर्ता भने भएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले घटनाबारे अनुसन्धान भइरहेकाे सुनाए । ‘उहाँहरुले आफू माथि कुटपिट भएको भनेर जाहेरी दिनुभएको छ । के भएकाे हाे, हामीले अनुसन्धान थालेका छौं,’ डिएसपी बस्नेतले भने ।

तपाईको प्रतिक्रिया