पोखरामा ‘सफल दही’को स्वादिलो स्वास्थ्ययात्रा, परम्परा र पौष्टिकताको उत्कृष्ट संयोजन

पोखरा ।
नेपाली स्वाद र स्वास्थ्यको प्रतीकका रूपमा स्थापित ‘सफल दही’ पोखरामा उपभोक्ताबीच लोकप्रिय हुँदै गएको छ। सुजल डेरी प्रालिले १९ वर्षदेखि गुणस्तरीय दही उत्पादन गर्दै पोखरा र वरपरका क्षेत्रहरूमा ‘सफल दही’को सफल यात्रा अघि बढाइरहेको छ ।
गाई तथा भैंसीको ताजा दूधबाट तयार गरिएको सफल दही आफ्नो ताजापन, गाढा बनावट र सन्तुलित स्वादका कारण गृहिणीहरूदेखि होटल–रेस्टुराँसम्म सबैका लागि भरोसायोग्य बनेको कम्पनीको दाबी छ । व्यस्त जीवनशैलीले सन्तुलित भोजन तयार गर्न चुनौती बनिरहेको आजको सन्दर्भमा, सफल दहीले सजिलै मिसाएर पोषणयुक्त खाना बनाउन सकिने समाधानको रूपमा बजारमा आफूलाई स्थापित गरिरहेको छ ।
कम्पनीका अनुसार प्रोटिन, क्याल्सियम तथा पाचन प्रणाली सुदृढ बनाउने प्रोबायोटिक गुणहरूले भरिएको सफल दही हरेक उमेर समूहका लागि उपयुक्त छ । यसले स्वास्थ्य मात्र नभई परम्पराको सम्मानलाई समेत अगाडि बढाएको छ । नेपाली भान्सामा धार्मिक र सांस्कृतिक महत्व बोकेको दही चाडपर्व, पूजाआजा, विवाहजस्ता अवसरमा शुभ संकेतका रूपमा प्रयोग हुने परम्परा छ, जसमा सफल दहीले निरन्तरता दिँदै आधुनिकताको सन्देश पनि बोकेको छ ।
सुजल डेरीको मार्केटिङ विभागका अनुसार, सफल दही पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा विभिन्न आकारका प्याकेजमा उपलब्ध छन् ।
उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सफल दही विभिन्न परिमाण र मूल्यमा पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा उपलब्ध छ । १२५ मिलिलिटरको कप ३५ रुपैयाँमा मा, २०० मिलिलिटरको कप ४५ रुपैयाँमा, ५ सय मिलिलिटरको कप सयमा र १ लिटरको कप १ सय ९० रुपैयाँमा पाइन्छ । त्यस्तै, ५ सय मिलिलिटरको प्याकेट ८५ रुपैयाँमा मा उपलब्ध छ । स्वाद, पौष्टिकता र सहजतासहितको भरपर्दाे विकल्पका रूपमा सफल दहीले बजारमा आफ्ना प्रतिस्पर्धी उत्पादनहरूभन्दा उत्कृष्ट मूल्य–परिमाण सन्तुलन कायम गरेको कम्पनीको दाबी छ । नियमित उपभोगकर्ताहरूले मूल्यअनुसारको गुणस्तर र स्वादको भरपुर अनुभव लिइरहेको प्रतिक्रिया दिएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया