१२८ जनाको सित्तैमा स्वास्थ्य जाँच
समाधान संवाददाता
२०८२ वैशाख २४ गते १९:१९

पोखरा । पोखराको न्युरोडमा रहेको कास्की मोडल हस्पिटलको आयोजना तथा सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्रांगणमा भएको छाती तथा दम रोगसम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षणमा शिविरमा १ सय २८ जनाले सुविधा लिएका छन् ।
शिविरमा फोक्सोको रोगहरु तथा उपचारसँग सम्बन्धित जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा शैलेस गुरुङले दिएका थिए । मानव शरीरको महत्वपूर्ण अंग फोक्सो भएको बताउँदै उनले वायु प्रदूषण, धूमपान, मद्यपान, धुँवा, धुलो तथा चिल्लो, पिरो र अमिलो धेरै मात्रामा खाँदा पनि फोक्सोमा समस्या देखिने डा गुरुङले सुनाए । सो अवसरमा १ सय २८ जनाले चेक जाँच गराएकोमा फोक्सोको पल्मरी फङसन टेस्ट ९५ जनाको गरिएको उनले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया