फेदिखोलामा राप्रपाको गाउँ कार्यसमिति गठन, कांग्रेस र एमाले परित्याग गरी ५० जना प्रवेश

समाधान संवाददाता २०८२ वैशाख २५ गते १६:०७

फेदिखोला ।

Advertisement

स्याङ्जाको फेदिखोला गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गाउँ कार्यसमिति गठन भएको छ । वडा नम्बर २ प्रेमनगर निवासी प्रेम गुरुङको अध्यक्षतामा बुधबार १५ सदस्यीय गाउँ कार्यसमिति गठन गरिएको हो । स्थानीयस्तरमा संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित गठन भएको समितिमा विभिन्न वडाबाट प्रतिनिधित्व छ ।

गाउँ कार्यसमिति गठनसँगै फेदिखोला गाउँपालिकाका पाँचवटै वडामा वडा कार्यसमिति पनि गठन गरिएको छ । वडा नम्बर १ मा राजेश गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको छ । वडा नम्बर २ मा राजकुमार केसीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ ।

त्यसैगरी, वडा नम्बर ३ मा नारायणी थापाको अध्यक्षतामा, वडा नम्बर ४ मा नरेश गुरुङको अध्यक्षतामा, र वडा नम्बर ५ मा हिमलाल पौडेलको अध्यक्षतामा ९–९ सदस्यीय वडा कार्यसमितिहरू गठन गरिएका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य सदस्य तथा राप्रपाका नेता पञ्चराम गुरुङले फेदिखोला मात्र नभई समग्र स्याङ्जा जिल्लाको विकास, समृद्धि र स्थायित्वका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । उनले जनताको विश्वास जित्दै अघि बढ्न सबैलाई आग्रह गरे ।

Advertisement

सोही अवसरमा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै करिब ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा युवादेखि अग्रजसम्म छन् । उनीहरूले राप्रपाको विचार, राष्ट्रियता र विकासप्रति प्रतिबद्धता हेरेर पार्टी रोजेको बताए ।

तपाईको प्रतिक्रिया