वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति
समाधान संवाददाता
२०८२ वैशाख २५ गते १८:२१

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिनको लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ।
प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र एक व्यवसायीसँग अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो।
मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासनका अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीसँग पनि हातपात गरेका थिए।
घटनापछि आक्रोशित भएर महानगरका कर्मचारीहरूले बुधबार सेवा प्रवाह बन्द गरेका थिए। उता, व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए, जसको आधारमा उनलाई पक्राउ गरिएको हो।
सम्बन्धित









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया