टप्स माविमा नवआगन्तुक विद्यार्थीको स्वागत र अभिमुखीकरण

पोखरा । पोखरा पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक बिद्यालयले विहीबार नवआगन्तुक विद्यार्थीको स्वागत एवं अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अभिभावकको पनि सहभागिता रहेको थियो ।
२०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको टप्स बोर्डिङ स्कूल यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ टप्स माध्यमिक विद्यालयको रुपमा संचालनमा आएको छ । विद्यालयका अध्यक्ष बलबहादुर थापाका अनुसार यसै शैक्षिक सत्रमा नर्सरीदेखि ९ कक्षासम्म भर्ना भएका ६५० नयाँ विद्यार्थीै र अभिभावकलाई स्वागत एवं अभिमुखीकरण दिइएको हो । मुख्य प्रशिक्षक डा.रविन कटुवालले विविध विषयमा अभिमुखीकरण गरेका थिए ।
यसैगरी विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यालयले अघि सारेका विभिन्न आचारसंहिता, नियमलगायत विद्यालयका विविध गतिविधीबारे प्रकाश पारेका थिए । नवआगन्तुक विद्यार्थी दीक्षान्तबिक्रम थापाले गुणस्तरीय शिक्षा र व्यवहारिक ज्ञान पाउने विश्वाससाथ टप्स माध्यामिक बिद्यालय रोजेको भन्दै खुशी व्यक्त गरे । विद्यालयका सहप्राचार्य नारायण बरालले स्वागत गरेको कार्यक्रममा अर्का सहप्राचार्य चिजकुमार गुरुङले विद्यालयको विगत र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका अध्यक्ष बलबहादुर थापाले नयाँ व्यवस्थापनले विद्यालयको भौतिक संरचनामा सुधार गर्दै खेलकुद र विभिन्न रचनात्मक क्रियाकलापलाई जोड दिएको बताए । साथै नविनतम प्रविधिको प्रयोग र विषयगत प्रयोगशाला स्थापना गरी पढाउने भन्दै उनले अनुभवी शिक्षकको टीम, शिक्षामा लामो समयदेखिको विज्ञता तथा अनुभव भएको नेतृत्वसहितको टीमका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । ‘विद्यालय व्यावस्थापकको भिजन, मिशन, प्लान, पोलिसी, सुपरभिजन तथा कुशल व्यवस्थापन महत्वपूर्ण हुने भएकाले त्यसतर्फ आफूहरुले विशेष ध्यान दिएका छौ’,को उनले भने, ‘शैक्षिक गुरुयोजना, वार्षिक शैक्षिक कार्यक्रम, सिकाइ योजनामा केन्द्रितहुँदै नयाँ व्यवस्थापनको टीप सम्पूर्ण समय विद्यालयमै दिनेछौ ।’
तपाईको प्रतिक्रिया