भारत–पाकिस्तान तनाव : नेपाल उभियो भारतको पक्षमा

पोखरा । भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको छ ।
भातरको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत ज्यान जानेगरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडिमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।
नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।
यसै आधारमा नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ । सरकारले तनाव कम होस् भन्ने चाहेको उल्लेख गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया