विश्वकप एसिया छनोटमा बहराइनमाथि नेपालको सहज जित
समाधान संवाददाता
२०८२ वैशाख २७ गते १३:०५

पाेखरा । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको छ ।
तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा ग¥यो । नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक १८ रन बनाइन् । उनले ११ बलमा ४ चौका प्रहार गरिन् ।
ओपनर सम्झना खड्का १० बलमा १३ बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्मा ५ बलमा ७ रन बनाएर नटआउट रहिन् । वर्षाका कारण खेल ५र५ ओभरको खेलाइएको थियो ।
त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् ।
पहिलो खेलमा नेपालले हङकङसंग अंक बाढेको थियो ।
सम्बन्धित
२
तपाईको प्रतिक्रिया