भारत – पाकिस्तानले एक अर्काका सैन्य संरचनामा गरे आक्रमण

समाधान संवाददाता २०८२ वैशाख २७ गते १३:३२


भारत र पाकिस्तानबीच उत्कर्षमा पुगेको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ। बुधबार राति भारत र पाकिस्तानले एक अर्कामाथि हवाई हमला गरेपछि तनावपूर्ण बनेको परिस्थिति तीन दिनसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने संशय पैदा भएको हो।

Advertisement

बुधबार राति भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेको थियो। आधा घन्टासम्म गरेको आक्रमणमा भारतले पाकिस्तानका ९ स्थानलाई निशाना बनाएको थियो।

ती स्थानहरूमा अप्रिल २२ मा भारतको जम्मू—कश्मिरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी आतंकवादी हमला भएको घटनाको जिम्मा लिने ‘द रेजिस्टेन्ट फ्रन्ट’ -टिआरएफ= लगायत अन्य ‘आतंकवादी समूह’हरुको अड्डा रहेको दाबी भारतले गरेको थियो। शुक्रबार अगाडिसम्म भारत–पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गरेका थिएनन्। तर शुक्रबारदेखि भने भारत र पाकिस्तान दुवैले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन्।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला–ठूला विस्फोटका आवाज सुनिएको भनेर भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया