बाल मन्दिर माविमा प्रजनन् स्वास्थ्य शिविर

समाधान संवाददाता २०८२ वैशाख २७ गते १८:३७

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा शनिबार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम भएको छ ।

Advertisement


पोखरा ३ नदीपुर स्थित बाल मन्दिर मावि परिसरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित बने । महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की सभापति नवीन सिग्देलले बताए ।


शिविर गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले सुरुआत गरिन् । लामिछानेले स्वास्थ्य र समाजिक क्षेत्रका लागि उपयोगी हुने गरी योजना निर्माणमा प्राथमिकता दिइने जनाइन् । ‘सबै क्षेत्रका आवश्यकतालाई बुझ्छौं,’ उनी भन्छिन्, ‘जनताका आवश्यकतालाई प्राथमिकता दिने छौं ।’


पोखरा ३ का वडाध्यक्ष प्रकाश उदासले शिक्षा र स्वास्थ्यलाई आफ्नो वडाले प्राथकिता दिएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघका निवर्तमान महासचिव अर्जुन सिग्देल, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी र वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया