मोटरसाइकल दुर्घटनामा फूलबारीका देवेन्द्र बास्तोलाको निधन
समाधान संवाददाता
२०८२ वैशाख २७ गते २२:४५

पोखरा ।
पोखराको फूलबारीका देवेन्द्र बास्तोलाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।शनिबार तालवेंसीमा मोटरसाइकल दुर्घटनामा परेर ४६ वर्षे बास्तोलाको निधन भएको हो ।
पत्रकारिता, समाजसेवा र राजनीतिमा क्रियाशील बास्तोला गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार हुन् । देवेन्द्रले घर छेवैको मनिपाल मेडिकल कलेजमा पनि काम गरेका थिए ।
देवेन्द्र पोखराकै पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् । उनका आमा, श्रीमती र छोरा छन् । बाबुको केही महिना अघि निधन भएको थियो ।
उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।
सम्बन्धित









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया