पोखराका पर्यटन व्यवसायी बन्दीपुरमा

पोखरा ।
पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दीपुर गाउँपालिकासँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेबारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायीको टोली बन्दीपुर गाउँपालिकाद्वारा आयोजित अन्तिरक्रियामा सहभागी बनेको छ ।
पयर्टन व्यवसायी तथा स्थानीय सरोकारवालासँगको अन्तरक्रियामा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ बारे चर्चा गरिएको थियो । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दीपुर भ्रमण गर्न आन्तरिक र बाह््य पर्यटकलाई अनुरोध गरेका छन् ।
बन्दीपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य उनले सुनाए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दीपुर जान सक्ने बताए ।
टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफूहरु लागेको बताए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दीपुर भ्रमण वर्षबारे बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया