तिलिचो जाने बाटोमा बासस्थल

सुन्दरकुमार थकाली २०८२ वैशाख २९ गते ११:५४
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (0.8409261, 0.092552185);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 32;

जोमसोम ।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने पदमार्गमा पर्यटक बासस्थान निर्माण गरिएको छ । मुस्ताङको घरपझोङ ५ ठिनीबाट कैसाङ क्याम्प हुँदै तिलिचो ताल जाने सबैभन्दा छोटो पर्यटकीय पदमार्गमा पर्यटक बासस्थान निर्माण गरिएको हो ।

Advertisement


राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमको आर्थिक सहयोग तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमको समन्वयमा सैनिक उच्च शिखर शिक्षालय कैशाङको जनश्रमदानबाट समुन्द्री सतहको ४ हजार ५ सय ४५ मिटरमा भवन बनेको हो ।


ड्रम्प क्याम्प नजिक पर्यटक बासस्थान निर्माण भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । ‘एक्याप कार्यालयबाट इकुपमेन्ट खरिदका लागि २ लाख ५० हजार, समितिको समन्वय र शिक्षालयको भौतिक श्रमदानबाट पर्यटक बासस्थान निर्माण भयो’, कार्यालय प्रमुख गुप्ताले भने ‘इकुपमेन्ट जडानदेखि जमिन सम्याउने र फिटिङको काम सबै शिक्षालयबाट भएको छ ।’


४ हजार ८ सय १९ मिटरमा अवस्थित तिलिचो ताल जोड्ने पर्यटकीय पदमार्गमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक टोलीले फलामे ट्रस जडान गरेर जस्तापाताले पर्यटक बासस्थान निर्माण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति सचिव पवन गुरुङले जानकारी दिए । बाँसस्थान पूर्वाधारले तिलिचो पदमार्गमा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई कुुनै समस्या परेमा वा साँझमा बस्ने सुविधा प्राप्त भएको संरक्षण व्यवस्थापन समिति सचिव गुरुङले उल्लेख गरे ।


मुस्ताङबाट सबैभन्दा छोटो तिलिचो पदमार्गमा यात्रा गर्ने पर्यटकलाई मौसम प्रतिकूल हुँदा, हिमपात र हावाहुरी आउँदा बासस्थानका लागि नवनिर्मित पर्यटक बासस्थानले सहज बनाउने अपेक्षा गरिएको छ ।

Advertisement


मुस्ताङको सैनिक उच्च शिखर शिक्षालय कैसाङका सुरक्षाकर्मीले पूर्वाधार निर्माणका लागि निर्माण सामग्री जोमसोमबाट उक्त स्थानसम्म ढुवानी गरेको एक्यापले जनाएको छ । शिक्षालयले एक महिना खर्चिएर त्यहाँ पर्यटक बासस्थान निर्माण गरी एक्याप कार्यालयलाई हस्तान्तरण भएको हो ।


मुस्ताङको घरपझोङ ५ ठिनी गाउँ हुँदै तिलिचो जाने २ पर्यटकीय पदमार्ग छन् । जोमबाट ठिनी नमखुलेंक हुँदै मेसोकोन्दो पास कटेपछि तिलिचो ताल जाने पर्यटकीय पदमार्ग छ । अर्को ठिनीबाट सैनिक उच्च शिखर शिक्षालयको तालिम केन्द्र कैसाङ हुँदै छमाताल ड्रम्प क्याम्प हुँदै मेसोकोन्दो पास छेउमा निस्किएर केही घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्न सकिन्छ ।


ठिनी हुँदै नमखु सम्म प्रदेश सरकारले कच्ची सडक विस्तार गरेकाले त्यहाँबाट तिलिचो ताल ६ घन्टाको पैदलयात्रा तय गरेपछि तिलिचो ताल पुग्न सकिने ठिनीका स्थानीय नरेन्द्र थकालीले बताए । ठिनी गाउँबाट सैनिक उच्च शिखर शिक्षालय कैसाङसम्म सवारी साधन जाने सडक बाटो निर्माण भइसकेको छ । यहाँबाट पनि करिब ५—६ घन्टाको पैदल यात्राबाट तिलिचो ताल पुग्न सकिने स्थानीय थकालीको भनाइ छ ।


गत वर्ष एक्याप जोमसोम र घरपझोङ गाउँपालिकालेमुस्ताङबाट तिलिचो पदमार्गको मर्मत तथा स्तरोन्नति गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया