नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा

पोखरा ।
नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको छ ।महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले कार्यक्रममा स्वागत गरेको थिए । उनले स्वदेशी उत्पादन र व्यापारमा चुनौतीका बीचमा व्यवसायीहरूको समस्यामा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘भन्सार दर कम गरि चोरी पैठारीलाई निरुत्साहित गर्नुपर्ने ।’
मुख्यमन्त्री पाण्डेले व्यवसायको प्रोत्साहनमा प्रदेश सरकारको सहयोगको प्रतिबद्धता गरे । ‘व्यवसायलाई प्रोत्साहन गर्ने हो, निजी क्षेत्रलाई सहजीकरण दिने हो,’ मुख्यमन्त्री पाण्डेले भने । गण्डकी प्रदेशमा लगानीमा रोकावट भएको खण्डमा कानुनी संशोधनको तयारी रहेको मुख्यमन्त्री पाण्डेले बताए । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हरि बहादुर कार्किले विद्युतीय व्यवसायीलाई परेको समस्यामा समाधान खोज्ने प्रतिबद्धता जनाए ।
सारदा ग्रुपका निर्देशक पवन कुमार सारदाले व्यवसायीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने र समस्याका समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।महासंघको १५औं वार्षिक साधारण सभाले आगामी वर्षको कार्य योजनासहित आर्थिक प्रतिवेदन र विधान संसोधन प्रस्तावलाई अनुमोदन गरेको छ ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया