रजत महोत्सव तयारीमा रेडियो अन्नपूर्ण
पोखरा ।
रेडियो अन्नपूर्णले २५ औँ वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरी रजत वर्ष महोत्सव मनाउने भएको छ । रजत वर्ष मनाउनका लागि सोमबार बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले बुद्ध पूर्णिमाको दिन पारेर सहयोग गरिएको बताइन् । रेडियोले वर्षभरी नै गर्ने कार्यक्रमको सुरुवात भएको घोषणा गर्दै हरेक महिनामा एउटा कार्यक्रम गर्दै जाने उल्लेख गरिन् ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले रेडियो स्थापना कालदेखि हालसम्म गरेका सामाजिक कामको प्रशंसा गरे । वात्स्यायन वृद्धाश्रम व्यवस्थापन समिति अध्यक्ष ललितबहादुर बानियाँले विभिन्न संघ, संस्थाले गर्ने यस्तै सहयोगले वृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताए ।
रेडियो अन्नपूर्णका संस्थापक सदस्य आरजु विष्ट ‘सल्यानी’ले विगत र वर्तमान अवस्थाबारे सुनाए । कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंखर पालिखे, निर्देशक विजेश पालिखे, स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, महाप्रबन्धक नारायण पौडेल लगायतले बोलेका थिए ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया