सेती नदीमा डुबेर बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा फेला

समाधान संवाददाता २०८२ वैशाख ३१ गते १५:१५

Advertisement

डोटी । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–१, सिरखोली निवासी ९ वर्षीय अमित बि.क. बैशाख ३० गते मंगलबार दिउँसो करिब १:४५ बजे सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

Advertisement

घटनाको जानकारी प्राप्तलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट निरीक्षक वीरेन्द्र बमको नेतृत्वमा खटिएको गोताखोर टोली आज बुधबार घटनास्थलमा पुगेको थियो। टोलीले दिउँसो १ बजे नदीको करिब ३० फिट गहिराइबाट बालकको शव फेला पारेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

शव पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया