अपराध अनुसन्धान सम्बन्धी ‘कल विवरण विश्लेषण’ तालिम

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीको पहलमा अपराध अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सात दिने कल विवरण विश्लेषण (सिडिआर विश्लेषण) सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ।
२०८२ साल वैशाख ३१ गतेदेखि सुरु भएको तालिममा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका अनुसन्धान शाखा र सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरूलाई कल विवरण विश्लेषण, सम्बन्ध सञ्जाल विश्लेषण (लिंक एनालाइसिस), सूचनागत चित्रण (आई–टु प्लट), तथा मोबाइल टावर तथ्यांक विश्लेषण (बिटिएस डाटा विश्लेषण) जस्ता प्रविधिमैत्री अनुसन्धान विधिमा प्रशिक्षण दिइएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको तालिममा २० जना प्रहरी कर्मचारीहरू सहभागी थिए। तालिमलाई कार्यस्थलमै सिक्ने शैली (अन द जब प्रशिक्षण) को रूपमा सञ्चालन गरिएको थियो।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया