पोखरा महानगरकाे बेरुजु ५० करोड ४३ लाख रुपैयाँ

समाधान संवाददाता २०८२ जेठ १ गते १७:५३

पोखरा । पोखरा महानगर पालिकामा गत आर्थिक वर्षमा खर्च भएको रकमध्ये ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार देशका अरु सबै महानगरभन्दा पोखराको बेरुजु सबैभन्दा बढी हो । १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षणमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो।

Advertisement

विराटनगरमा ६ अर्ब ४४ करोड ७६ लाख लेखापरीक्षण गर्दा २ करोड ८ लाख ५७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ, जुन जम्मा ०.३२ प्रतिशत हो।

ललितपुर महानगर दोस्रो अनुशासित महानगरको रूपमा उभिएको छ, जहाँ १० अर्ब ६८ करोड ९७ लाखको लेखापरीक्षणमा ५ करोड ५५ लाख बेरुजु (०.५२ प्रतिशत) देखिएको छ। तेस्रो स्थानमा भरतपुर (०.९०%), चौथोमा काठमाडौं (२.४७%) र पाँचौं स्थानमा वीरगञ्ज (३.६२%) छन्।

Advertisement

तपाईको प्रतिक्रिया